भीम रावलको प्रश्न–एमसीसी नेपालकै मागअनुसारको आयोजना भए गृहमन्त्रीलाई सुरक्षा प्रबन्धको माग किन गरियो ? | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

भीम रावलको प्रश्न–एमसीसी नेपालकै मागअनुसारको आयोजना भए गृहमन्त्रीलाई सुरक्षा प्रबन्धको माग किन गरियो ?

bhim rawal-dhangadhi

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा.भीम रावलले एमसीसीसंगको सम्झौता र त्यसमा उल्लेखित आयोजना नेपालको माग अनुसार नभएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

‘एमसीसीसंगको सम्झौता र त्यसमा उल्लेखित आयोजना नेपालको माग अनुसार नेपालकै भएको एमसीसी र शक्ति अनुयायीहरूको तर्क थियो’उनले लेखेका छन्,‘ नेपालकै आयोजना भएको भए एमसीसीको उच्च टोलीले गृह मन्त्रीलाई भेटी कार्यान्वयनका लागि सुरक्षा प्रबन्धको माग किन गर्नु पर्यो ?’ नेता रावलले आफ्नो आयोजनाको सबै प्रकारको प्रबन्ध नेपालले गर्छ भन्नु पर्नेमा गृह मन्त्रीले सुरक्षाको लागि सबै प्रजिअलाई निर्देशन गर्छु भनेकोमा उनले आपत्ति जनाएका छन् ।

‘वार्तामा संसदबाट पारित व्याख्यात्मक घोषणाको चर्चा किन नगरेको त? वर्तमान प्रमं त्यस घोषणाका अगुवा नै हुनुहुन्थ्यो त!’–उनले लेखेका छन् ।

Leave a Reply