राष्ट्रिय स्वाधीनता र हित विपरीतका सन्धि सम्झौता गर्न राष्ट्रिय सहमति गर्नु राष्ट्रिघाती ठहर्छ : नेता रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय स्वाधीनता र हित विपरीतका सन्धि सम्झौता गर्न राष्ट्रिय सहमति गर्नु राष्ट्रिघाती ठहर्छ : नेता रावल

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले राष्ट्रिय स्वाधीनता र हित विपरीतका प्रावधान रहेको सन्धि सम्झौताबाट त्यस्ता प्रावधान नहटाई स्वीकार गर्न राष्ट्रिय सहमतिको कार्य गर्नु राष्ट्रिघाती ठहर्ने बताएका छन् ।

नेता रावलले बिहीबार सामाजिक सञ्जालमा लेख्दै मिलिनियम च्यालेञ्ज कर्पोरेशनलाई इंगित गर्दै यस्तो टिप्पणी गरेका हुन् । लगायत एमसीसी सम्झौताको विरोधमा आवाज उठाउँदै आएका नेता रावलले एमसीसीमा भएका केही प्रावधानहरु संशोधन नगरी सम्झौता गर्न नमिल्ने बताउँदै आएको छ ।

राष्ट्रिय सर्वाभोमिकता, अखण्डता, स्वाधीनता र जनताको सार्वभोमसत्ताको प्रतिकुल काममा नेपालको संविधानले नै बन्देज गरेको भन्दै एमसीसीको विरोध गरेका छन् । उनले केही समयमा अगाडि प्रतिनिधिसभामा बोल्दै एमसीसीसम्बन्धी सबै सम्झौताहरु संसदमा सार्वजनिक गर्न माग समेत गरेका थिए ।

रावलले सामाजिक सञ्जालमा लेखेका छन् –‘‘राष्ट्रिय स्वाधीनता र हित विपरीतका प्रावधान रहेको कुनै पनि सन्धि सम्झौताबाट त्यस्ता प्रावधान नहटाई स्वीकार गर्न राष्ट्रिय सहमति कायम गर्ने कुरा राष्ट्रघाती ठहर्छ । नेपालको संविधानले राष्ट्रिय सार्वभौमिकता, अखण्डता, स्वाधीनता र जनताको सार्वभौमसत्ताको प्रतिकूलका काममा बन्देज लगाएको छ ।’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);