लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने, माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने, माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने तयारी

काठमाडौं । लुम्बिनी प्रदेशमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सरकार गठन हुन लागेको हो ।

पोखरेलको राजीनामा पश्चात् प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ३ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिसकेको छ । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत सहित सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन् ।

यसैक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धनले सरकार गठनका लागि दाबी गर्ने भएका छन् ।

गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै छन् । ८० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४१ सदस्यको आवश्यकता पर्छ।

नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ गरी गठबन्धनमा ४१ सांसद रहेका छन् । लुम्बिनीमा जसपाका ६सांसद भएको भएपनि एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै ३ सांसदलाई जसपाले कारबाही गर्दै पदमुक्त गरिसकेको छ ।

यता नेकपा एमालले भने सरकार गठनका लागि दाबी नगरी विपक्षमा रहने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);