विपक्षी गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेश गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विपक्षी गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेश गर्दै

कास्की । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले आजै बहुमतको सरकारको दाबी गर्ने तयारी गरेको छ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र बहुमतको आधारमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै विपक्षी गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेको हो ।

विपक्षी गठबन्धनले कांग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङले बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाउन असफल भएपछि प्रदेश प्रमुख पौडेलले आज सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

अघिल्लो पटक मुख्यमन्त्री गुरुङले आफ्नो सरकार जोगाउन युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका राजिव गुरुङ दीपक मनाङेले समेत विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरिसकेको छ ।

विपक्षी गठबन्धनलाई बहुमत ३१ पु¥याउन मनाङले निर्णायक भूमिका निर्वाह गर्ने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);