गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तीको बाटो खुल्यो, प्रदेश प्रमुखद्धारा दाबी पेश गर्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तीको बाटो खुल्यो, प्रदेश प्रमुखद्धारा दाबी पेश गर्न आह्वान

कास्की । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि सांसदहरुलाई आह्वान गरेकी छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाउन असफल भएपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आह्वान गरेकी हुन् ।

बहुमतका आधारमा नयाँ सरकार गठनका लागि प्रमुख पौडेलले जेठ २९ गते दिउँसो ३ बजेसम्मको समय दिएकी छन् ।

गण्डकीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाको गठबन्धनले कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने तयारी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);