गण्डकी प्रदेश : विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

गण्डकी प्रदेश : विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा

कास्की । गण्डकी प्रदेशका विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिएका छन् ।

विश्वासको मत गुमाएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुनः आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्न प्रदेश कार्यालय पुगेका थिए । तर सुरक्षाकर्मीले गेटबाट भित्र जान नदिएपनि उनीहरु गेट अगाडि नै धर्ना दिएका हुन् । उनीहरुले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्ती गरिनुपर्ने माग गरेका छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री बनाउन अघि सारेका कृष्णचन्द्र नेपाली पनि धर्नामा रहेका छन् ।

नेता नेपालीले केन्द्र सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम नै गण्डकी प्रदेशमा पनि दोहो¥याइएको भन्दै आपत्ति जनाएका छ् । विपक्षी गठबन्धनले भने प्रदेश प्रमुख पौडेलले सरकार गठनका लागि बहुमतको आधारमा दाबी पेशश गर्न आह्वान गरेको केही समयपछि नै ३१ सांसद सहित दाबी पेश गरेको थियो ।

तर गएको बिहीबार विश्वासको मत गुमाएका मुख्यमन्त्री गुरुङले पनि सरकार गठनका लागि आफूसँग बहुमत भएको दाबी पेश गरेपछि सरकार गठनमा अन्यौलता थपिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);