गण्डकी प्रदेशमा एमाले सांसदद्धारा मुख्यमन्त्रीमाथि व्यंग्य, नयाँ सरकार गठनपछि अनिष्ट सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

गण्डकी प्रदेशमा एमाले सांसदद्धारा मुख्यमन्त्रीमाथि व्यंग्य, नयाँ सरकार गठनपछि अनिष्ट सुरु

कास्की । नेकपा एमालेले गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री बनेपछि अनिष्ट सुरु भएको बताएका छन् । शुक्रबार नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत प्रस्ताव पेश गर्न बोलाइएको छलफलमा बोल्दै एमाले सांसदहरुले यस्तो बताएका हुन् ।

छलफलमा सहभागी एमालेका सांसद कृष्ण बहादुर थापाले मुख्यमन्त्रीमाथि व्यंग्य गर्दे नयाँ सरकार गठन भएपछि अनिष्ट सुरु भएको बताएका छन् । उनले वृद्धभत्ता खाने उमेरका मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिएको भन्दै आपत्ति समेत प्रकट गरे ।

सांसद थापाले भने, ‘हाम्रो मुख्यमन्त्रीको कपाल सेताम्मे फुलेको छ, मनमोहन अधिकारीले १०० रुपैयाँबाट शुरु गरेको वृद्धभत्ता अहिले ४ हजार पुगेको छ । वृद्ध भत्ता लिन योग्य व्यक्तिले प्रदेश प्रमुखको कार्यालय अगाडी देखाइएको तमासाले उहाँ असक्षम रहेको पुष्टि हुन्छ ।

यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);