मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुझाइन प्रदेश प्रमुख समक्ष राजिनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुझाइन प्रदेश प्रमुख समक्ष राजिनामा

मकवानपुर । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजिनामा बुझाएकी छिन् । प्रदेश प्रमुखको कार्यालय, हेटौंडा पुगेर उनले राजिनामा बुझाएकी हुन् ।

एमालेबाट एकल बहुमतको हैसियतमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले विश्वासको मत लिन आज डाकेको बैठकमा मार्गप्रशस्त गरेको घोषणा गरेकी थिइन् । शाक्यको राजिनामा पछि अब प्रदेश प्रमुख शर्माले नयाँ सरकार दावी गर्नका लागि आह्वान गर्नेछन् । 

शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एकल बहुमत अर्थात् एमालेका ५६ जना प्रदेशसभा सदस्यको समर्थन दावी गर्दै मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भई १३ सदस्य एकीकृत समाजवादीमा लागेपछि अल्पमतमा परेकी थिइन् । अहिले प्रदेशमा एमालेका ४३ जना मात्रै सांसद छन् । 

बाग्मती प्रदेशसभामा एक सय नौ जना प्रदेशसभा सदस्य रहेकोमा सरकार गठनको लागि ५५ सदस्यको समर्थन आवश्यक पर्छ । नेकपा एमाले विभाजनपछि १३ जना सदस्यले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ जना मात्रै सदस्य छन् । 

यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, कांग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) को एकजना प्रदेशसभा सदस्य छन् । अब बाग्मतीमा गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँने तयारी गरेको छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);