हेटौँडा । अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन्। । नवनियुक्त मुख्यमन्त्री शाक्यले बुधबार राति पद तथा गोपनियताको शपथ लिएकी छन् ।
मुख्यमन्त्री शाक्यले आजै मन्त्रिपरषद विस्तार गरेकी छन् । उनले आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्रीमा केशव पाण्डे तथा सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेकपा (एमाले)की उपाध्यक्ष समेत रहेकी शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
बुधबार मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमत प्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।




