अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको वास्तविक तथ्यांक र अवस्था पत्ता लगाई सुरक्षित रुपमा खाने बस्ने व्यवस्था मिलाउँदै छिटो भन्दा छिटो उद्धार गरी नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले दिएको निर्देशनबारे सभापति कृष्णभक्त पोखरेलले भने – ‘श्रम स्वीकृति लिई वा अन्य पक्रियाबाट त्यहाँ पुगेका नेपाली नागरिकको जोखिममा पर्नसक्ने जानकारी विभिन्न सञ्चारमाध्यममा आइरहेको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको एकिन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाई, सुरक्षित रुपमा खाने, बस्ने प्रवन्ध मिलाइ जोखिमपूर्ण अवस्थामा रहेका नेपालीको जीवन रक्षा र मानव अधिकारको संरक्षण गर्न र छिटोभन्दा छिटो उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्ने ।’

बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने सन्दर्भमा महत्वपूर्ण निर्णय र पहलकदमी गरिरहेको बताए । उनले अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनको सन्दर्भमा नेपालले तटस्थताको नीति लिएको र गम्भिरतापूर्वक अवलोकन गरिरहेको बताए । उनले भने – ‘यो घटनाको बारेमा नेपाल सरकारले तटस्थताको नीति लिएको छ । त्यहाँको पुरानो संस्थापन पक्ष र विद्रोही पक्ष जस्तोखालको घटनाक्रमहरु भएको छन्, त्यसलाई हामीले गम्भिरतापूर्वक अवलोकन गरिरहेका छौँ ।’

गृहमन्त्री खाँणले भदौँ १ र २ गतेदेखि २ सय ७२ जनाको उद्धार भइसकेको जानकारी दिनुभयो । त्यसमध्ये ९ जना भारतीय नागरिक रहेको पनि उहाँले उल्लेख गरे । परराष्ट्र मन्त्रालयले नेपाली युवाहरु कार्यरत रहेको राष्ट्रको त्यहाँ रहेको कटनीतिक नियोग र काठमाडौंस्थित कुटनीतिक नियोगलाई सम्पर्क गरिरहेको बताए ।

अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापानलाई औपचारिक रुपमा पत्राचार पठाएर त्यहाँ रहेका नेपालीहरुलाई सकुशल छिमेकी मुलुकमा पु¥याइदिन र नेपाल जानका लागि सहजीकरण गरिदिन कुटनीतिक पहल गरिरहेको पनि उनले उल्लेख गरे । उनले नेपाली ध्वजावाहक जहाज भने अपगानिस्तान पठाउनसक्ने अवस्था नगरेको बताए ।

नेपालीहरु कार्यरत कुटनीतिक नियोग र दुतावासले नेपालीलाई सुरक्षित रुपमा अफगानिस्तान बाहिर ल्याउने प्रतिवद्धता जनाएको मन्त्री खाँणले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);