अफगानिस्तानमा रहेको नेपालीको यथार्थ जानकारी र सकुशल उद्धार गर्न सभामुखको रुलिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अफगानिस्तानमा रहेको नेपालीको यथार्थ जानकारी र सकुशल उद्धार गर्न सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीलाइ सकुशल फिर्ता ल्याउन सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले आफगानिस्तानमा रहेका नेपालीलाई सकुशल फिर्ता ल्याउन र त्यहाँ रहेकालाई सुरक्षित राख्ने कोशिस गर्न सरकारलाई रुलिङ गरेका हुन् ।

उनले त्यहाँ रहेका नेपालीहरुको विषयमा यथार्थ विवरण सभाको आगामी बैठकमा जानकारी गराउन समेत निर्देशन दिएका छन् । यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता नै कब्जा गरिसक्दा पनि सरकार थाहा नपाएको जस्तो गरी बसेको भन्दै आलोचना गरेका थिए ।

उनले यस विषयमा सभामुखले रुलिङ गर्न माग समेत गरेका थिए । सो लगत्तै सभामुख सापकोटाले सरकारलाई रुलिङ गरेका हुन् । सभामुख सापकोटाले भने–‘हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा प्रतिनिधिसभासहित मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

त्यहाँ रहेका नेपालीहरु सुरक्षित रुपमा रहने वातावरण बनाउन र यथाशीघ्र सकुशल ल्याउने व्यवस्था गर्न र सो सम्बन्धी यथार्थ विवरण सभाको आगामी बैठकमा जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);