दार्चुला तुइन प्रकरणको विस्तृत विवरण सहित घटनाको सत्यतथ्य छानविन गर्न सभामुखको रुलिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दार्चुला तुइन प्रकरणको विस्तृत विवरण सहित घटनाको सत्यतथ्य छानविन गर्न सभामुखको रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गरेका छन् ।

सभामुख सापकोटाले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा दार्चुलाको तुइन प्रकरणको विस्तृत विवरण सहितको जानकारी यथासक्दो छिटो प्रतिनिधिसभामा जानकारी गराउन रुलिङ गरेका हुन् ।

उनले यस घटनाप्रति आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्यतथ्य घटनाको छानविन गरी संसदमा जानकारी गराउन भनेका हुन् ।

दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा बलले तुइन काटेपछि महाकालीमा वेपत्ता भएका थिए ।

यसविषयमा अझै सत्यतथ्य बाहिर नल्याएको भन्दै सांसदहरुले आजको बैठकमा सरकारको आलोचना गरेको थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);