दार्चुलाको तुइन प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन एमालेको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दार्चुलाको तुइन प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा एक नेपाली बेपत्ता भएको प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दार्चुलाबाट निर्वाचित भएका सांसद तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले यस्तो माग गरेका हुन् । उनले बैठकको सुरुमा नै एसएसबीले तुइन काटेर नेपाली नागरिक महाकालीमा बेपत्ता भएको विषयमा भारतसमक्ष औपचारिक विरोध जनाउन माग गरेका हुन् ।

सांसद ठगुन्न दार्चुला तुइन प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन् ।

साउन १५ गेत शुक्रबार दार्चुलाबाट जयसिंह धामी तुइनमार्फत् महाकाली नदी तरिरहेका बेला भारतीय सुरक्षा बल एसएसबीले तुइन काटीदिएका थिए । सो पश्चात् धामी महाकालीमा खसेर बेपत्ता भएका थिए र हालसम्म फेला परेको छैन ।

सांसद ठगुन्नाले तुइनका कारण सिमामा यस्ता घट्ना घटिरहने गरेको भन्दै दार्चुला–खलंगा–तिङ्कर–कालापानी सडक खण्डलाई राष्ट्रिय गौरवको सडक घोषणा गरेर दिर्घकालीन समस्या समाधानमा ध्यान दिन पनि जोड दिए । उनले दार्चुला घटनाको छानविन गर्न संसदीय समिति गठन गर्नपनि माग गरे ।

सांसद ठगुन्नाले भने – ‘दार्चुला–खलंगा– तिङ्कर–कालापानी सडकलाई राष्ट्रिय गौरवको सडक तत्काल घोषणा गरियोस् र यो पुरै सडक नेपाली सेना र स्थानीय युवाहरु संलग्न गरी अभियानका रुपमा पुरा गरियोस् ।, यो घटनाको छानविनको लागि संसदीय छानविन समिति गठन गरियोस् ।, यो घटनाको औपचारिक रुपमा भारत समक्ष विरोध दर्ता गरियोस् र दोषीलाई कारबाही गर्न पहल गरियोस् ।, मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराईयोस् ।’

सांसद ठगुन्नाले सरकारले हालसम्म मन्त्रीपरिषद् लाई पूर्णता दिन नसकेको र संसदलाई बिजनेशविहिन बनाएको भन्दै आलोचना पनि गरे । सत्तासम्बद्ध दलहरु भागबन्डाको किचलोमा रुमल्लिइरहेको उनको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);