प्रधानमन्त्री जी कोरोनाको रोकथाप र नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन, हेक्का रहोस्र : योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री जी कोरोनाको रोकथाप र नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन, हेक्का रहोस्र : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोरोनाविरुद्धको खोप अभियानको गति सुस्त भएकोमा असन्तुष्टि जनाउँदै कोरोना रोकथाम र नियन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समयको छुट नरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना तीन प्राथमिकतामा ‘खोप खोप खोप’ राखेको बताएपनि सो अनुसार खोप अभियान नभएको बताएका छन् ।

उनले अहिलेको गतिले असोजभित्र सबै खोप लगाउने मन्त्रीको प्रतिबद्धता समेत पूरा हुन कठिन हुने उल्लेख गरे ।

भट्टराईले भने–‘६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनु पर्नेमा आजसम्म ५ प्रतिशतले मात्रै पूर्ण खोप र १४ प्रतिशतले पहिलो खोप लगाएका छन् । १६ हजार खोप केन्द्रमध्ये ३ हजार खोप केन्द्रमा मात्रै खोप लगाइएको छ । असोजभित्र सबै नागरिकलाई खोप लगाउने मन्त्रीको घोषणा पुरा हुने अवस्था छैन ।’

उनले थपे–‘त्यसैले सम्माननीय प्रधानमन्त्री जी १ कोरोनाको रोकथाम र नियन्त्रणका निम्ति तपाईलाई समयको छुट छैन, शंकाको लाभ छैन र तपाईको समय अब सुरु भएको छ । हेक्का रहोस् ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);