अब लगातार खोप अभियान चल्ने प्रधानमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

अब लगातार खोप अभियान चल्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोरोना भाइरसविरुद्धको खोप लगातार आउने भएकाले खोप अभियान चल्ने दाबी गरेका छन् ।

त्रिशुली–३ बीको प्रशारण लाइन र सबस्टेसनको शनिबार भर्चुअर उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

खोपका लागि विभिन्न मित्र राष्ट्रहरुसँग संवाद अघि बढाइएकाले अव लगातार खोप आउने र सबै उमेर समूहकालाई पालै पालो खोप लगाउने अभियान चलाइने उनले जानकारी दिए । बढी प्रभावित क्षेत्र पहिचान गरेको सो अनुसार नै अभियान चलाईने उनले जिकिर गरे ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोप मार्फत कोरोना सर्न नपाउने स्थितिमा पु¥याउने बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा लिइएको आवश्यक सतर्कताका कारण अन्य मुलुकमा भन्दा कोभिडको प्रभाव कम परेको समेत बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);