चीनबाट केही दिनमा कोरोनाविरुद्धको खोप आउने प्रधानमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनबाट केही दिनमा कोरोनाविरुद्धको खोप आउने प्रधानमन्त्रीको दाबी

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनमै चीनबाट कोरोनाविरुद्धको खोप आउने दाबी गरेका छन् । बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अव केही दिनमा नै चीनबाट खोप आउने जानकारी गराएका हुन् । उनले खोप कति आउन लागेको भने विस्तृत जानकारी भने दिएका छैनन् ।

चीनबाट न्यूनतम १० लाख डोज साइनोफार्म खोप नेपाल ल्याउन लागिएको नेपाल वायुसेवा निगमले जनाएको छ । यही जुलाई ८ तारिखमा खोप ल्याउन निगमको जहाज बेइजिङ जाने भएको निगमले जनाएको छ । यस खोप खरिदका लागि मन्त्रिपरिषद्बाट भने निर्णय भईसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);