आजदेखि कोरोनाविरुद्धको जोनसन एण्ड जोनसनको खोप लगाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजदेखि कोरोनाविरुद्धको जोनसन एण्ड जोनसनको खोप लगाइँदै

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकासहित देशभरका सबैजसो जिल्लामा अमेरिकाले अनुदानमा दिएको जोनसन एण्ड जोनसनको खोप लगाइने भएको छ ।

खोप अभियानको पहिलो तथा दोस्रो दिन ५० देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरू, पूर्ण र अति अशक्त अर्थात् अपांगताको क र ख वर्ग रहेका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहनेछन् । साथै यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइने छ।

खोप अभियानको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन् । यस अघि भेरोसेल खोप लगाइएका केन्द्रबाट नै जोनसनको खोप लगाउने व्यवस्था गरिएको छ । खोप पुग्न बाँकी रहेका कतिपय दुर्गम ठाउँबाहेक धेरैजसो जिल्लामा सोमबारदेखि नै खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच खोप अभियानको पहिलो दिन आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी खोप केन्द्रमा स्थलगत अध्ययन भ्रमण गर्ने बताइएको छ । जोनसनको यो खोप एक डोज मात्र लगाए पुग्ने खोप हो । गत साता अमेरिकाले दिएको कोभ्याक्स कार्यक्रम अन्तर्गत १६ लाख ३४ हजार डोज खोप नेपाल आइपुगेको हो ।

सबैजसो जिल्लामा खोप पुगिसेको मन्त्रालयले जनाएको छ । साथै यो महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेको छ । यो खोप नेपालले चीनबाट खरिद प्रक्रियाअन्तर्गत ल्याउन लागेको हो । त्यस्तै केही दिनमै जापानले अष्ट्रजेनिका खोप १६ लाख खोप आइपुग्ने क्रममा रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);