जोन्सन एण्ड जोन्सनको खोप काठमाडौंमा साउन ४ गतेबाट लगाइने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जोन्सन एण्ड जोन्सनको खोप काठमाडौंमा साउन ४ गतेबाट लगाइने

काठमाडौं । अमेरिकाले कोभ्याक्समार्फत नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोप काठमाडौं जिल्लामा आगामी साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयको सोेमबारको निर्णय अनुसार कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका ४४ वटा खोप केन्द्रबाट साउन ४–६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

अमेरिकाले प्रदान गरेको जोन्सन एण्ड जोन्सन खोपको १५ लाख ३४ हजार ८ सय ५० डोज सोमबार काठमाडौं आईपुगेको थियो । यो खोप ५० देखि ५४ वर्षका उमेर समूहकालागि लगाईने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

तोकिएको उमेर समूह लगायत सरकारले यो खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअधिभ खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत दिने निर्णय गरेको छ ।

गएको शुक्रबार नेपाल आइपुगेको भेरोसेल खोपको पहिलो डोज भने सरकारले आज बाटै वितरण थालेको छ । आजबाट लगाइएको खोप भने ५५ वर्ष र सोभन्दा माथिका उमेर समूहलाई लगाइँदै छ । भेरोसेल लगाइएका ४४ वटा खोप केन्द्रबाट नै जोन्सनको खोप पनि लगाइने छ । तर काठमाडौं महानगरपालिकामा भने थप २५ वटासम्म खोप केन्द्र विस्तार गर्न सकिने बताइएको छ ।

खोप लगाउन जानेहरुले उमेर समूहको हकमा आफ्नो उमेर खुलेको सरकारी परिचय पत्र लिएर जान आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);