नेपाल आईपुग्यो अमेरिकी सरकारले उपलब्ध गराएको १५ लाख डोज खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल आईपुग्यो अमेरिकी सरकारले उपलब्ध गराएको १५ लाख डोज खोप

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको १५ लाख डोज काठमाडौं आईपुगेको छ ।

अमेरिकाले कोभ्याक्समार्फत् नेपाललाई उपलब्ध गराएको जोन्सन एक जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप सोमबार बिहान काठमाडौं आईपुगेको हो ।

दोहाबाट नियमित उडानका रुपमा आएको कतार एयरवेजको विमानमा सो खोप नेपाल ल्याइएको हो ।

विमानस्थलमा एक पत्रकार सम्मेलन आयोजना गरी अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई उक्त खोप हस्तान्तरण गरेका छन् ।

राजदूत बेरीले सो खोप अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहार दिइएको बताए । उनले सोे खोप आफूहरुको कुनै स्वार्थपूर्तिका लागि नदिएको स्पष्ट पारे । पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री श्रेष्ठले सो खोप ५०–५४ उमेर समूहका नागरिकलाई दिइने जानकारी दिए ।

जोन्सन एण्ड जोन्सनको यो खोप एक डोज मात्र लगाए पुग्ने खोप हो । यसअघि नेपालमा दिइँदै आएको भारतीय कम्पनीको कोभिशिल्ड र चिनियाँ कम्पनीको भेरोसेल दुई दुई डोज दिन आवश्यक खोप हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);