पर्वत–बागलुङ सडक खण्ड विगत चार दिनदेखि ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

पर्वत–बागलुङ सडक खण्ड विगत चार दिनदेखि ठप्प

पर्वत । लगातारको वर्षाका कारण निर्माणाधिन मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत चार दिनदेखि ठप्प छ ।

। लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र कुश्मा वडा नं २ को नयाँपुल र सहश्रधारा लगायतका स्थानमा गएको पहिराले सडक अवरुद्ध बनेको हो ।

चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण लामो समय लागेको हो ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सम्पर्क टुटेको छ । यस क्षेत्रबाट अन्यत्र जाने सवारी साधन पर्वतको सहस्रधारा र कुश्मा बजारमा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन पराधी पातैचौर खरेहा लगायमा स्थानमा अलपत्र बनेका छन् ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गासडक पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको खनियाघाट र ज्यामिरेलगायतका ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको हो।सडक खुलाउन प्रयास भइरहेको स्थानीय तहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);