पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग चार दिनपछि सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग चार दिनपछि सञ्चालन

पर्वत पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ ।

वर्षा नरोकिएका कारण पछिल्लो चार दिनदेखि अवरुद्ध बनेको सडक आज बिहानदेखि सञ्चालनमा आएको हो । बुधबार साँझ एकतर्फी सडक संचालनमा आएपनि वर्षा कम हुँदै गएपछि रातभर पहिरो पछ्याएर आज बिहानदेखि दुईतर्फि संचालनमा ल्याइएको हो ।

पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै चार दिनदेखि अलपत्र बनेका मालवाहक ट्रक, तरकारी तथा फलफूल, औषधि तथा अक्सिजन बोकेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

कमजोर भूभागका कारण यस क्षेत्रमा सामान्य वर्षा हुँदासमेत अवरुद्ध हुने गरेको छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले भने वैकल्पिक सडक प्रयोग गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);