मेडिकल टुरिजमलाई प्रवर्द्धन गर्दै पोखरामा अन्तर्राष्ट्रिय काउन्सीलरसहित १५ शैय्याको अस्पताल शुरु | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

मेडिकल टुरिजमलाई प्रवर्द्धन गर्दै पोखरामा अन्तर्राष्ट्रिय काउन्सीलरसहित १५ शैय्याको अस्पताल शुरु

काठमाडौँ ।

काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा विदेशी पर्यटक, रैथाने नागरिक र स्थानीय समुदायलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पतालले देशको पर्यटकीय राजधानी पोखरामा आफ्नो सेवा विस्तार गरेको छ ।
अस्पतालले बडा दशैँको पावन अवसरमा आज घटस्थापनाको दिन पारेर पोखरा (१७) पावरहाउसमा १५ शैय्याको नयाँ अस्पताल औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । यो अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा  उपलब्ध रहनेछ । हालै पोखराबाट सिधै दुबई र दुबईबाट नियमित पोखरा उडान शुरु भएसँगै पोखरामा आउने विदेशी पर्यटक र मेडिकल टुरिजमलाई विशेष ध्यानमा राखेर यो सेवा विस्तार गरिएको अस्पतालकी अध्यक्ष डा. सिया चेनचेनले बताउनु भयो । उहाँकाअनुसार पोखरामा विस्तारित यो अस्पतालले विदेशी पर्यटकहरूको स्वास्थ्य सुरक्षालाई भरपर्दो बनाउन अन्तर्राष्ट्रिय काउन्सीलरसहितको विशेष सुविधा प्रदान गर्ने र स्थानियको स्वास्थ सेवामा टेवा पुुग्नेछ ।
यसअघि सन् २०२२ जुलाई २२ देखि काठमाडौंको लेकनाथ मार्गमा १५ शैय्याको अत्याधुनिक अस्पताल सञ्चालन गर्दै आएको यस संस्थालाई नेपाल वैदेशिक चिनियाँ संघले थप स्वास्थ्य सुरक्षा एकाइको रूपमा समेत प्रमाणित गरिसकेको अस्पतालका सञ्चालक समिति सदस्य विदुर खतिवडाले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधि र उपकरणहरूले सुसज्जित यस अस्पतालले विदेशी पर्यटकहरूका लागि भाषाको अवरोध हटाउन बहुभाषिक कर्मचारी, अन्तर्राष्ट्रिय ट्राभल इन्स्योरेन्स दाबी प्रक्रियामा सहजता, र दुतावासहरूसँगको समन्वयलाई पोखरामा पनि निरन्तरता दिने खतिवडाले बताउनु भयो ।
पोखरा र वरपरका क्षेत्रमा पदयात्रा तथा भ्रमणका क्रममा हुनसक्ने स्वास्थ्य समस्या र भवितव्यलाई सम्बोधन गर्न यो अस्पतालले कोसोढुङ्गाको काम गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply