पोखरामा आन्तरिक पर्यटकको लर्को | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पोखरामा आन्तरिक पर्यटकको लर्को

pokhara

पोखरा, १ बैशाख । नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । माछापुच्छ्रे, अन्नपूर्णजस्ता हिमाली दृश्यावलोकनसहितका लागि प्रत्येक नयाँ वर्षका अवसरमा देशका विभिन्न भूभागबाट पर्यटक आउने भएकाले होटल खचाखच भरिने गरेको छ । नयाँ वर्षको आगमनपूर्व नै पोखराका अधिकांश पर्यटकले अग्रीम रुपमा होटेल बुकिङ गर्ने गरेको पोखराका पर्यटन व्यवसायी बताउँछन् ।

“नयाँ वर्षका अवसरमा विशेष गरी आन्तरिक पर्यटक नै बढी आउने गरेका छन्”, लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्म पन्थीले भने, “नयाँ वर्षलाई लक्ष्य गरी पश्चिमाञ्चल होटेल संघले आयोजना गरेको फेवा नयाँ वर्ष महोत्सवलगायत गतिविधिका कारण पनि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।”

यो विदेशी पर्यटक आउने मौसम पनि भएको बताउँदै पन्थीले नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा विद्यालयमा एउटा शैक्षिक वर्षको समाप्ति र अर्को वर्षको आगमनको बीच भएका कारण पनि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ भने । विगत १४ वर्ष सम्पन्न भइसकेको फेवा नव वर्ष महोत्सवको यस वर्ष १५औँ शृङ्खला सञ्चालन भइरहेका कारण पनि पोखरामा नयाँ वर्ष मनाउन आउनेले यसको भरपुर मनोरञ्जन लिएका छन् ।

तालैतालको शहर पोखरामा पर्यटकलाई लक्ष्य गरी निर्माण गरिएका पाँचतारे होटेल दुई र तीनतारे होटेल १४ र अन्य सुविधा सम्पन्न होटल ४०० भन्दाबढी छन् । भूकम्पअघि पोखरामा वार्षिक छ लाख ५० हजार पर्यटक आउने गरेकामा भूकम्पका कारण अघिल्ला वर्ष उक्त संख्यामा कमी आए पनि तिनको आगमन पूर्ववत् अवस्थामा आउन लागेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);