शुन्य नयाँ वर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

शुन्य नयाँ वर्ष

काठमाडौं, ३० चैत । बुधबारबाट नयाँबर्ष २०७८ सुरु हुदैछ । विगतमा नयाँ बर्षको स्वागतका लागि ठमेल लगायत अन्य पर्यटकीय क्षेत्रमा हुने तामझाम यस पटक शुन्य प्राय छ । कोरोना जोखिमका कारण गत वर्ष झै यस वर्षको नयाँ वर्षको स्वागतका लागि कुनै तयारी भएको पाइएको छैन ।

बुधबार नयाँ वर्ष २०७८ सुरु हुदैछ । हर्षाेउल्लाससंगै नयाँ बर्षको स्वागतका लागि हुने गरेको तयारी यसपाली प्राय सुन्य छ । नयाँ वर्षमा विभिन्न स्थानमा हुने गरेको गित संगित र भोज भतेर यसपाली नहुने स्पष्ट भइसकेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि जोखिम बढ्दै गएको अवस्थामा २०७८ को नयाँ सालको पूर्व सन्ध्यामा आन्तरिक तथा बाह्य पर्यटकको गतिविधि शुन्य छ ।

नयाँ वर्षमा नेपाल घुम्न आएका पर्यटक र आन्तरिक पर्यटकले पर्यटक क्षेत्र भरिभराउ हुने गर्दथ्यो । तर कोरोनाको त्रासका कारण नेपाल घुम्न आउने पर्यटकहरुको संख्या न्यून छ ।

सन् २०१९मा विभिन्न देशहरु बाट ११ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए भने २०२०मा २ लाख ३० हजार मात्र पर्यटक नेपाल आएको तथ्यांक छ । अघिल्लो वर्ष भन्दा ८० प्रतिशतले पर्यटक आगमनमा कटौती भएको देखिएको छ ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);