झापाको बिर्तामोडमा क्यान्सर अस्पताल सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापाको बिर्तामोडमा क्यान्सर अस्पताल सञ्चालनमा

झापा, १६ पुस । झापाको बिर्तामोडमा बुधबारबाट अत्याधुनिक उपकरण सहित ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा शुरु गरेको छ । चार अर्वको लगानीमा सञ्चालनमा ल्याइएको अस्पतालले ठूलो आन्द्राको क्यान्सर भएका एक विरामीको निशुल्क उपचार गरी आफ्नो सेवा शुरु गरेको हो ।

सञ्चालनमा ल्याइएको अस्पताल पूर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल हो । पूर्वलाई ‘मेडिकल हब’ बनाउने उद्देश्य सहित क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक दुर्गा प्रसाईले बताउनु भयो ।

चितवन र काठमाडौंमा रहेका क्यान्सर अस्पताल भन्दा विशिष्ठकृत सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्रकुमार यादवले बताउनु भयो ।

अस्पतालले रेडियो थेरापी, पेटको सीटीस्क्यान, थ्रिडी मेमोग्राम लगायतका अत्याधुनिक उपकरणबाट क्यान्सरको उपचार गर्ने बताइएको छ । अस्पताल उद्घाटन समारोहमा बोल्दै अर्थोपेडिक सर्जन डा निराजन पराजुलीले क्यान्सरका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था अब नरहने दाबी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);