सामाजिक अभियन्ताले संचालन गरेको कपडा बैंक बन्यो बरदान ! | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

सामाजिक अभियन्ताले संचालन गरेको कपडा बैंक बन्यो बरदान !

KAPADA bank bardan

वीरगञ्ज, १७ पुस । पर्साको वीरगञ्जमा चिसो र सितलहर बढेसँगै सामाजिक अभियान्ताहरु न्यानो कपडा वितरणमा सक्रिय भएका छन् । सितलहरले सडकमा जिवन बिताउने र शरिरमा न्यानो कपडा नहुनेहरुलाई सकस भएपछि अभियान्ताहरुले वीरगञ्जका विभिन्न स्थानमा कपडा बैक नै संचालन गरेर कपडा वितरण गरेका हुन् ।

वीरगञ्जका गरिव तथा असाहयरुका लागि सामाजिक अभियान्ताले संचालन गरेका कपडा बैंक बरदान बनेको छ । नेपालमा नौलो प्रयासको रुपमा रहेको कपडा बैकबाट कपडा धेरै भएकाले दिएर र कपडा नहुनेले लिएर जाने गरेका छन् ।

वीरगञ्जको पानी ट्यांकी, आदर्शनगर, मुर्ली तथा नगवा क्षेत्रमा स्टल नै बनाएर कपडा बैक संचालन भएको छ भने आवश्यकता अनुसार कपडा बैंकको मोबाइल टोलीहरु संचालनमा रहेका छन् । आदर्शनगरमा रहेको कपडा बैंक सोमबार, बुधबार र शुक्रबार संचालनमा आउने गरेको छ । बिगत ६ महिनादेखि संचालन भएको बैंकले हालसम्म ३५ सय जनालाई कपडा बितरण गरिसकेको छ ।

कतिपय अभियन्ता आधा रातमा पनि सडक जिवन बिताउनेहरुका लागि राहत सामग्री लिएर पुग्ने गरेका छन् । पानीट्यांकी क्षेत्रमा संचालनमा आएको वीरगञ्ज कपडा बैक प्रत्येक दिन संचालनमा रहेको छ । कपडा बैकमा ब्यापारीहरुले आफ्ना कतिपय स्टकका कपडा दिएर सहयोग गरिरहेका छन् ।

तराई क्षेत्रमा अहिले शीतलहरले स्थानीयको दैनिकी निकै प्रभावित भएको छ । आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई जोडो छल्ल निःशुल्क कपडा पाएपछि राहत भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);