गैडहवा गाउँपालिकाद्वारा जाडो लक्षित न्यानो कपडा वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गैडहवा गाउँपालिकाद्वारा जाडो लक्षित न्यानो कपडा वितरण

बुटवल। रुपन्देहीमा गैडहवा गाउँपालिकाले जाडो लक्षित न्यानो कपडा वितरण गरेको छ । पालिकाले वडा नम्बर ८ मा एक कार्यक्रमको आयोजना गरी न्यानो स्वीटर, कपडा वितरण गरेको हो । पालिकामा भएका जेष्ठ नागरिक,अपाङ्ग, एकल महिला, विधुवा विपन्न परिवारका लााई पालिकाले न्यानो कपडा उपहार स्वरूप बितरण गर्दै आएको छ ।

वडा नम्बर ८ को आयोजना र नमस्ते बाल बचाउ नेपाल संस्था रुपन्देहीको संयोजकत्वमा न्यानो कपडा वितरण कार्यक्रम भएको हो । कार्यक्रममा जेष्ठ नागरिक विधुवा, एकल महिला लगायत ४५३जना लाई न्यानो कपडाको रुपमा स्वीटर वितरण गरिएको वडाअध्यक्ष भुवन बहादुर राना मगरले बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत चिरञ्जीवी धिमिरे ,बिभिन्न टोल समितीका अध्यक्ष लगायत गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);