औरहिमा गरिब विपन्न परिवारलाई कम्बल वितरण | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

औरहिमा गरिब विपन्न परिवारलाई कम्बल वितरण

सिरहा, २३ माघ । सिरहाका औरहि गाउँपालिकाको एक वडामा कम्बर वितरण गरेका छन । शुक्रबार  प्रभावित वडा नम्बर १ मा ३०० गरिब,जेष्ठ नगररिक तथा विपन्न समुदायका परिवारलाई आज कम्बल वितरण गरिएको छ ।

केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा वडा अध्यक्ष दिलिप यादवले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न ,गरिब र जेष्ठ  नगरी परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण कार्यलाई निरन्तर दिने काम भइरहेको अध्यक्ष यादवले ल बताए ।

केहि दिन यता जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका सबै पालिकालाई विपन्न वर्गको तथ्याङ्क संकलन गर्न समेत पत्राचार गरेको थियो । जिल्ला दैवि प्रकोप उद्दार समिति र विभिन्न संघसंस्था मार्फत पनि स्वास्थ्य शिविर र न्यानो कपडा वितरणको काम प्रजिअ प्रदिप कडेलले  गाडि बढाइएको थियो ।

शीतलहर र चिसोका कारण यस वर्ष पनि सिरहामा छ जनाको ज्यान गुमाउनु परको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);