३० जना ठेला चालकलाई कम्बल वितरण, आमाको माया छात्रावासलाई २ लाख ५१ हजार सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

३० जना ठेला चालकलाई कम्बल वितरण, आमाको माया छात्रावासलाई २ लाख ५१ हजार सहयोग

वीरगंज, ८ माघ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै ३० थान कम्बल वितरण गरेको छ । रुंगटा वैलफेयर सोसाइटीको आर्थिक सहयोगमा गरिब, विपन्न, तथा दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका ठेला चालकहरुलाई न्यानो कम्बल वितरण गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कम्बल वितरण गरिएको हो । केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा भएको कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले सामाजिक उत्तरदायित्व बहन गर्दै बढीरहेको चिसोबाट सर्वसाधारण तथा विपन्न परिवारलाई कम्बल वितरण गर्नु सह्रानिय कार्य भएको बताउनुभयो ।

सामुदायिक सेवा केन्द्रले नामअनुसारको काम गरेको बताउँदै आगामी दिनमा पनि प्रहरीसँगको हातेमालोमा अन्य सामाजिक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा एक जना समाजसेवीले आफ्नो नाम नबताउने शर्तमा आमाको माया छात्राबासका लागी उपलब्ध गराउनुभएको २ लाख ५१ हजार नगद रुपैँया पनि हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा रुंगटा वैलफेयर सोसाइटीका सुरेश रुंगटा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षकद्वय ओमप्रकाश खनाल र मनोजित कुवँर, विपद व्यवस्थापन गुल्मका प्रहरी निरिक्षक सरोज प्रजापति, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक राजेशराज पुरी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक दिपक साह, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);