सेनाले बाड्यो चिसोबाट बचाउन नागरिकलाई कम्बल | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

सेनाले बाड्यो चिसोबाट बचाउन नागरिकलाई कम्बल

जाजरकोट । नेपाली सेनाले भेरी नगरपालिका ११ जगतीपुरका ८५ घर परिवारलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ । स्थानीय तह र कुनै पनि सरकारले राहत स्वरुप सामग्री नदिएको समयमा गाउँमै गएर सेनाले कम्बल वितरण गरेको हो । श्री नं. ४ बाहिनी अड्डा अन्तरर्गत चन्दननाथ गणले सो राहत सामग्री वितरण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामे जानकारी दिए । परोपकारी काम गर्दै आएको सेनाले पहिलो चरणमा साहेको रिणबाट विस्थापित हुने बाध्य भएका र छाक टार्न मुस्किल भइ भारत जाने परिवारलाई उक्त राहत सामग्री दिइएको छ । 

साथै शिव शंकर माविमा अध्ययनरत अति विपन्न र दलित समुदायका विद्यार्थीहरुको शैक्षिक सामग्री ,खेलकुद सामग्री समेत वितरण गरिएको छ । चन्दननाथ गणले हालै मात्र जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा रातिको समयमा विपदमा परेका घाइते र सिकिस्त विरामीलाई हेलिकप्टरबाट आकस्मिक उद्धार गर्न सहज हुने गरी रात्रीकालिन अवतरण सुविधायुक्त हेलिप्याडको निर्माण सम्पन्न गरेको छ ।

राहत पाएपछि नैमती लुहारले सेना आफ्नो लागि भगवानका रुपमा आएर सहयोग गरेको बताइन् । ‘जसलाइ सहयोग माग्दा पनि कसैले हेरेका थिएनन् तर सेनाले सहयोग गरेको छ, निकै खुसी लागेको छ।’ लुहारले बताइन् ।

चन्दननाथ गणले प्रदान गरेको शैक्षिक र खेलकुदका सामग्रीहरु विद्यार्थीहरुको लागि अति उपयोगी हुने बताउँदै विद्यालयका प्राचार्य रामलाल आचार्यले नेपाली सेनालाई धन्यवाद दिए ।

कोरोना महामारीको विद्यमान असहज परिस्थितिमा पनि आफ्नै घर आँगनमा आएर नेपाली सेनाले राहत, शैक्षिक एवं खेलकुदका सामग्रीहरु बितरण गरेकोमा निकै खुशी लागेको प्रतिक्रिया दिँदै, स्थानीयले सर्वसाधारण जनताको सुख दुःखमा नेपाली सेना सदैवः साथमा रहदै आएकोमा गौरव लागेको बताए ।  

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

५ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

५ घन्टा अघि

Duel Bet: The Casino Showdown

५ घन्टा अघि