हिरोपीडितलाई नगदसहित राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हिरोपीडितलाई नगदसहित राहत वितरण

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका– २ बसारका पहिरोपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । अविरल वर्षासँगै आएको पहिरोले आइतबार घर भत्काएको झापुली नगारीको परिवारलाई गाउँपालिकाले ५० हजार नगदसहित कपडा, कम्बल, भाडाकुडा र खाद्यान्न दिएको हो ।

पहिरोले नगारीको घर भत्किँदा तीनवटा बाख्रा मर्नुका साथै घरभित्र रहेको सबै धनमाल नष्ट भएको थियो । पहिरो गएका बखत घरभित्र कोही नभएकाले मानवीय क्षती हुनबाट जोगिएको थियो ।

पीडित परिवारलाई तत्कालका लागि आवश्यक सामग्री र बास स्थान व्यवस्थापनका लागी रकम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए ।Avatar

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);