सेनाले जाजरकोटमा बनायो रात पनि अवतरण गर्ने मिल्ने हेलिप्याड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सेनाले जाजरकोटमा बनायो रात पनि अवतरण गर्ने मिल्ने हेलिप्याड

जाजरकोट । जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ । सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाखमा उक्त रात्रीकालिन हेलिप्याड निर्माण गरेको हो ।

चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेका अनुसार भेरी नगरपालिकाको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढी पहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएको जाजरकोटले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीस्थित विमानस्थल प्रयोग गर्दै आएको थियो । हेलिप्याड निर्माणसँगै अब जिल्ला भित्रबाट उद्धार तथा राहतका कामहरू रात्रीकालिन अवस्थामा सजिलै गर्न सकिने भएको छ । 

सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना अग्रसर हुने भएकाले हेलिप्याड गणभित्र निर्माण गरिएको छ ।  श्री नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उक्त हेलिप्याड उद्घाटन गरी विधिवत रुपमा सञ्चालनमा ल्याइएको छ । अघिल्लो वर्ष बारेकोट गाउँपालिका–४ सार्कीटोलमा बाढी पहिरोबाट भएको मानवीय क्षतिको समयमा समेत सेना नै घटनास्थलमा पहिला पुगेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);