प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ ।

नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

हेलिप्याड निर्माण भएसँगै बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या सिर्जना नहुने थापाले जनाउनु भयो ।

उक्त हेलिप्याडबाट प्रधानमन्त्री ओली बुधबार पहिलो उडान गरी नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जानुभएको थियो भने साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);