पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, २७ कार्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले ट्विटरमार्फत सो कुराको जानकारी दिंदै लेख्नुभएको छ, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु। ‘

८० वर्षीय केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);