सत्तारुढ नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सत्तारुढ नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौं, २७ कार्तिक । सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको सहमतीमा शुक्रबार दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

पार्टी कार्यालयमा मंगलबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका ५ जना सचिवालय सदस्यहरुले बिहीबारसम्म बैठक डाक्न आग्रह गरेसँगै ओलीले दाहालसँग सहकार्य गरी शुक्रबारका लागि बैठक आव्हान गरेको बताइएको छ ।

नेकपामा भदौ २६ को स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको विषयलाई लिएर विवाद चर्केको छ । साथै नेकपा केन्दीय कमिटीको बैठक यही कार्तिक १५ गते बस्ने तय भएपनि विवादका कारण एक महिना पर धकेलिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);