नेकपाको सचिवालय बैठक बालुवाटारमै सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेकपाको सचिवालय बैठक बालुवाटारमै सुरु

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भए पनि ‘सुरक्षा थ्रेट’ देखाएर बैठक अन्तिम समयमा बालुवाटार सारिएको हो ।

अध्यक्ष पुष्पकमल दाहालले गत कार्तिक २८ गते १९ पेजको प्रस्ताव पेश गरेपछि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १३ गते ३८ पेजको जवाफी प्रस्ताव सचिवालयमा पेश गर्नुभएको थियो । दुवै अध्यक्षको एक अर्कालाई आरोप प्रत्यारोपसहितको प्रस्तावपछि नेकपाको आगामी दिन कस्ता हुने हुन् भन्ने अझै अन्योल रहेका बेला आजको सचिवालय बैठक बस्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);