नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौं, १७ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यसअघि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीकाे कार्य व्यस्ततालाई समेत मध्यनजर गरी बैठक पूर्वघाेषित १ बजेकाे सट्टा सहमतिमा २ बजे सारिएको थियो ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रस्तावमाथि छलफल हुने जनाइएको छ। मंगलबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष दाहालको प्रस्ताव र कार्यकारी अध्यक्ष दाहालले अध्यक्ष ओलीको प्रस्तावमाथि धारणा राख्नुभएको थियो ।

अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे राजनीतिक प्रस्ताव पेश गरेका गर्नुभएको थियो भने कार्यकारी अध्यक्ष दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);