नेकपामा विवादकै बीच केक उत्सव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपामा विवादकै बीच केक उत्सव

काठमाडौं, १६ मंसिर । पार्टीको विग्रहको समाधान खोज्न भन्दै सत्तारुढ दल नेकपाको ७० औं सचिवालय बैठक केक काटेर शुरु गरिएको छ । पार्टी महासचिव बिष्णु पौडेलको ६२ औं जन्म दिनको उपलक्षमा बैठकमा केक काटिएको थियो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपाध्यक्ष वामदेव गौतमले पौडेललाई केक खुवाएर जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नुभएको थियो । अझ नेता बामदेवले त पौडेललाई सय बर्ष बाँच्ने र राम्रो काम गरेर जान समेत शुभकामना दिनुभएको थियो ।

नेकपा यतिबेला अध्यक्षद्वयबीचको शक्ती युध्दका कारण विवादको भुमरीमा फसेको छ । पार्टी पक्ष र विपक्षको दुई धारमा विभाजित भईरहेका बेलामा पनि यो केक उत्सवमा भने दुबै पक्षका नेताहरु बिच हार्दिकता देखिएको थियो । विशेष गरि आजको बैठक, मंसिर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेर दिएको जवाफमाथि केन्द्रित रहेर बोलाईएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले कार्तिक २८ गते पार्टीकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफुमाथी आरोप लगाउँदै दर्ता गरेको पत्रको जवाफका रुपमा पार्टीमा दर्ता गरेको प्रतिवेदनमाथी सचिवालयका अन्य सदस्यहरूले धारणा राख्ने एजेण्डा रहेको छ ।

नेकपाको प्रधानमन्त्री ओली पक्षको मानसिकता हेर्दा आफुमाथी लगाईएका सबै आरोपको सप्रमाण पुष्टि गर्नै पर्ने अडानमा प्रधानमन्त्री ओली रहनु भएको छ । आरोप पुष्टि गर्न नसकेको अवस्थामा अध्यक्ष दाहालले माफी माग्दै पार्टीमा पेश गरेको प्रस्ताव पिर्ता लिएमा एकपटकका लागि भदौ २६ मै फर्केर सहमती कायम गर्न सकिने बताईसकेका छन् ।

आउने मंसिर १८ गते बिहीबार स्थायी कमिटी बैठक तय भएको छ भने मङ्सिर २५ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ । तर, यस अभि नै मंसिर १३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दाहालले आफुमाथी लगाएका आरोपको छिनोफानो नभई पार्टीमा एकसाथ अगाडि बढ्न नसकिने जनाउ दिई सकेका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालय सम्बध्द एक अधिकारीले बताए,“दाहालले लगाएका आधारहीन आरोपको छिनोफानो नहोउन्जेल एउटै पार्टीमा बस्न नसकिने भनेर प्रधानमन्त्रीले १३ गतेकै सचिवालय बैठक मार्फत सार्वजनिक गरिसक्नु भएको छ ।” यसरी हेर्दा प्रधानमन्त्री ओलीले दाहाल र उनको पक्षलाई स्पष्ट सन्देश दिनु भएको छ,विभाजननै चाहेको हो भने स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म पनि पुग्नुपर्दैन । सचिवालयबाटै बाटो लाग्दा हुन्छ ।

प्रधानमन्त्री ओलीले दाहालले आफुमाथी लगाएका आरोपहरुलाई समेटेर बुँदागत रुपमा १३ गतेको सचिवालयमा पेश गरेको प्रतिवेदनमाथी सचिवालय बैठकमै बहस गरेर नेताहरुले धारणा बनाउन भन्ने चाहना प्रधानमन्त्री ओलीको रहेको छ । आफुले सचिवालय बैठकमा पेश गरेका धारणा तल्ला कमिटीमा पनि पुगे अझ सहज हुने ओली पक्षको बुझाई रहेको छ ।

यसका पछाडि नेतृत्वतहमा रहेको विवादलाई कार्यकर्ताले नै विश्लेषण गरेर त्यहींबाट यसको प्रतिवाद होस भन्ने ओलीको आन्तरिक धारणा रहेको पनि निकटवर्ती श्रोतहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);