केपी शर्मा ओलीले ६७ औं जन्मदिन मनाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

केपी शर्मा ओलीले ६७ औं जन्मदिन मनाए

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन मनाएका छन । प्रधानमन्त्री ओलीले आज विहान बालुवाटारस्थित निवासमा मन्त्रिपरिषद्को बैठकपछि पार्टीका स्थायी समितिका सदस्यहरु सामु केक काटेर ६७ औं जन्मदिन मनाएका हुन ।

oli birthday

काठमाडौं, ११ फागुन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन मनाएका छन । प्रधानमन्त्री ओलीले आज विहान बालुवाटारस्थित निवासमा मन्त्रिपरिषद्को बैठकपछि पार्टीका स्थायी समितिका सदस्यहरु सामु केक काटेर ६७ औं जन्मदिन मनाएका हुन ।

स्थायी समितिको बैठकका लागि एमाले नेताहरु विहान ९ बजे नै प्रधानमन्त्री निवास पुगेका थिए । ओलीले पार्टी केन्द्रीय कार्यालयका तर्फबाट व्यवस्था गरिएको केक पार्टी नेताहरुलाई खुवाए । ओलीको जन्मदिन मनाउन मदन भण्डारी स्पोर्टस फाउण्डेसनले पनि बालुवाटारमा केकको व्यवस्था गरेको थियो । ओलीले दुवै केक काट्नु पहिले पार्टीसचिव प्रदिप ज्ञवालीले ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए । भारतीय राजदूत मञ्जिवसिंह पुरीले पनि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);