नेकपा एमालेको स्थायी समितिको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा एमालेको स्थायी समितिको बैठक सुरु

सरकारमा पठाउने सदस्यहरुको नाम छान्न नेकपा एमालेको स्थायी समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाउने छ ।

काठमाडौं, ११ फागुन । सरकारमा पठाउने सदस्यहरुको नाम छान्न नेकपा एमालेको स्थायी समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाउने छ ।

एमालेको भागमा अर्थ, शिक्षा, परराष्ट्र, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार, पर्यटन लगायत १० वटा मन्त्रालय परेका छन् । ती मन्त्रालयको जिम्मेवारी लिने नेताहरुको नाम छान्न स्थायी समितिको बैठक बसेको हो । एमालेमा पार्टी उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञवाली लगायत नेताहरुको नाम मन्त्रीका लागि चर्चामा छ । यसअघि उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका रावल र पोखरेलले सरकारमा सहभागी हुन इच्छा देखाएपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् चुस्त बनाउने भन्दै कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव गरेका छन ।

अघिल्लोपटक प्रधानमन्त्री हुँदा ६ जना उपप्रधानमन्त्री बनाएका कारण आलोचित भएका ओलीले यसपटक एक जना पनि उपप्रधानमन्त्री नबनाउन प्रस्ताव गरेका छन । प्रधानमन्त्री ओलीले यो प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमक्ष पनि राखिसक्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);