आफ्ना मन्त्रीलाई सरकारबाट तत्काल फिर्ता हुन माओवादी केन्द्रको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

आफ्ना मन्त्रीलाई सरकारबाट तत्काल फिर्ता हुन माओवादी केन्द्रको निर्देशन

काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सरकारमा सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ ।

शनिबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापासहितका आफ्ना पार्टीका तर्फबाट भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टी अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिएका छन् ।

माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा सहित ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, सिंचाई मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामा अहिले मन्त्री छन् ।

शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले आफ्नो निवास बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय बैठकले यी मन्त्रीहरुसहित २३ नेतालाई केन्द्रीय समस्य मनोनित गरेका थिए । रामबहादुर थापालाई बागमती प्रदेश इञ्चार्जको समेत जिम्मेवारी दिइएको छ ।

आजको बैठकले एमालेले केन्द्रीय सदस्य मनोनयन गरेको नेताहरुलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय गरेको छ।

साथै बैठकले चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्म स्थगित गरेको छ भने चैत २ अर्थात भोलि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक भने याथवत हुने बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को २०७७ फागुन २९ गते बसेकाे स्थायी समिति बैठकले गरेकाे निर्णय :

१. माओवादी केन्द्र तर्फका संघिय मन्त्रीहरूलाई फिर्ता बाेलाउने ।

२. एमालेकाे कमिटीमा राखिएका .संघिय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने ।

३. २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लागि स्थगित भएको छ ।

४. २०७७ चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);