सत्ता समीकरणका लागि माओवादी र जसपा नेताबीच छलफल जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सत्ता समीकरणका लागि माओवादी र जसपा नेताबीच छलफल जारी

maobadi kendra

काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका नेताहरूबीच माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा छलफल जारी रहेको छ ।

सत्ता समीकरण नै छलफलको मुख्य एजेण्डा रहने बताइएको छ । छलफलमा माओवादी केन्द्रका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायण काजी श्रेष्ठ उपस्थित छन् भने जसपामा तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरू महन्थ ठाकुर, अशोक राई, उपेन्द्र यादव, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ उपस्थित छन् ।

सवोच्च अदालतले गएको आइतबार नेकपा नाम ऋषि कटेललाई दिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेदेखि संसदमा तेस्रो ठूलो दल जसपा नेपाली राजनीतिको केन्द्रमा परेको छ । नेकपा एमाले र माओवादी केन्द्र दुवैले जसपासँगको छलफललाई बाक्लो बनाएको छ ।

गएको बिहीबार र शुक्रबार नेकपा एमालेले जसपासँग छलफल गरेको थियो भने शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि शुक्रबार नै जसपासँग छलफल गरेकोव थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);