पुरानै कुरामा अड्कियो प्रधानमन्त्री-जसपा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पुरानै कुरामा अड्कियो प्रधानमन्त्री-जसपा छलफल

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीचको छलफल पुरानो कुरामा आएर अड्किएको छ ।

दुबै पक्षले आ–आफ्ना पुराना अडान कायम राखेका कारण उनीहरुबीचको छलफल यसरी अड्किएको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफल कुनै निष्कर्षमा नपुगी सकिएको छ ।

प्रधानमन्त्री छलफलमा प्रधानमन्त्री ओलीले जसपालाई सरकारलाई समर्थन गरेर तत्काल सरकारमा सहभागी हुन आग्रह गरेका छन् भने जसपा नेताहरुले रेशम चौधरी रिहाई लगायतका आफ्ना पुराना मागहरु दोहो¥याएका छन् ।

प्रधानमन्त्री ओलीले जसपा सरकारमा आएपछि माग सम्बोधन गर्न सकिने बताए पनि जसपाले भने आफ्ना मागहरु पूरा भएपछि मात्र सरकारलाई समर्थन गर्ने बताएका छन् । ओली पक्षले भने छलफल सकरात्मक भएको बताएको छ ।

जसपाले सांसद रेशम चौधरीको रिहाईका साथै मधेस र थरुहट आन्दोलनमा नेता कार्यकर्तामाथि लागेका झुटा मुद्दा खारेज, लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन गर्नुपर्ने माग अघि सार्दै आएको छ ।

प्रधानमन्त्रीसँग छलफलका लागि अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल बालुवाटार पुगेका थिए।

सर्वोच्चले गएको फागनु २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने निर्णय गरेपश्चात जसपा नेपाली राजनीतिको केन्द्रमा रहेको छ । जसपाले सत्तासमीकरणका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांगे्रससँगको छलफललाई पनि बाक्लो बनाउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);