नेकपा विभाजनको रोग सल्किएको जसपा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपा विभाजनको रोग सल्किएको जसपा (भिडियोसहित)

जनता समाजवादी पार्टी जसपा सत्ता संघर्षकै कारण एक ढिक्का भएर जाने सम्भावना कमजोर बन्दै गएको छ । सर्वोच्चको एक आदेशकै कारण दुई चिरामा विभाजन भएको सत्तारुढ दलको विभाजनको पछिल्लो असर जसपामा देखिएको छ । जसपाको पार्टी नेतृत्वमा रहनुभएका महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवबीच सत्ता समिकरणका लागि सम्भावित सत्ता साझेदार छनोटकै विषयमा यतिबेला तीब्र विवाद देखिएको छ ।

जसको संकेत पछिल्लो समय बसेको पार्टी पदाधिकारी बैठकले नै दिईसकेको छ । चैत ५ गतेका लागि बेलाएको कार्यकारी समितिको बैठकका एजेण्डा तय गर्न बसेको बैठकले उपेन्द्र यादवले तयार पार्नुभएको आठ पृष्ठ लामो ‘वर्तमान परिस्थिति र पार्टीको कार्यदिशासम्बन्धी’ राजनीतिक प्रस्तावलाई नै खारेज गरिदियो । यादवले पदाधिकारी बैठकमा प्रस्तुत गरेको राजनैतिक प्रस्ताव आधारहीन र पूर्वाग्रहग्रस्त आरोपको पुलिन्दा भएको बैठकले निष्कर्ष निकालेको थियो ।

उपेन्द्रको सो प्रस्तावमात्रै खारेज गरिएन, उहाँ माथि सत्ता साझेदारीका लागि उधारो सहमति गर्न खोजेको आरोप नै लगाइयो । पार्टीका नजरमा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसको मधेश नीति समान भएपनि तत्काल आफ्ना मुद्दा सम्बोधनका लागि जो तयार हुन्छ, उसैसँग सत्ता समीकरण गरिनु पर्ने महन्थ पक्षको अडान रहेको छ । सो पक्षले ओलीसँग सहकार्य गर्दा तत्कालै आफ्ना एजेण्डाको सम्बोधन हुने भएकै कारण ओलीको विकल्पमा पार्टीले अन्य कुरा सोच्न नसक्ने भन्दै उपेन्द्रको सो प्रस्तावलाई खारेज गरिदिएपछि यतिबेला जसपा विभाजनको प्रसव पीडामा रहेको अर्थमा बुझ्न सकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान एमाले सरकार आन्तरिक किचलो र पार्टी नै फुट्न सक्ने सम्भावना बढ्दै गएपछि अप्ठेरोमा परे लगत्तै सरकार टिकाउने र गिराउने प्रतिपक्षी खेल सुरु भएको छ । यसमा प्रष्ट रुपमा प्रतिपक्षी दलका नेताहरु नै दुई कित्तामा बाँडिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको एउटा खेमा ओली नेतृत्वको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउने हतारोमा देखिएको छ भने पार्टी सभापति शेरबहादुर देउवामा सरकारमा जाने नजाने विषयमै अन्योल देखिएको छ ।

जसपाभित्रको ठाकुर–महतो खेमा ओली सरकारकै निरन्तरतामा आफ्नो साझेदारी खोजी रहेको छ भने जसपाकै यादव भट्टराई खेमा भने ओलीको बहिर्गमनसँगै ओली ईतर शक्तिसँगको सहकार्यमा नयाँ सरकार बनाउनु पर्ने अडानमा देखिएको छ । यस्तोमा बिगतमा प्रधानमन्त्री ओलीको सत्ता साझेदार नै रहेको माओवादी केन्द्र ओलीलाई सत्ताबाट बहिगर्मित बनाएर कांग्रेस र जसपासँगको समीकरणमा सरकार बनाउने दौडधुपमा आफ्नो पसिना नै बगाएर बसेको छ ।

सत्ताका विषयमा प्रतिपक्षी दलहरुमै एकमत नभएको वर्तमान सन्दर्भलाई हेर्ने हो भने सबैभन्दा सकसपूर्ण अवस्थामा भने जसपा नै रहेको छ । बितेका एक साता जसपामा सत्ता साझेदार छनौटको विषयमा नेताहरु बीच देखिएको मतान्तर र मनोमालिन्यको अवस्थालाई हेर्दा पार्टी नै फुट्ने स्थितिमा त पुगेको हैन, भन्ने आशंकाले बल पाएको हो । पार्टीको कार्यकारिणी बैठक एजेण्डामै सहमति कायम हुन नसकेपछि स्थगित गरिए लगत्तै जसपाभित्रका पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीमा रहेका नेताहरुको अलग अलग गुटगत बैठकले तिब्रता पाएको छ ।

यसले जसपाभित्रको मनोदशा समेत स्पष्ट हुँदै गएको हो । यतिबेला जनता समाजवादी पार्टीका नेताहरू प्रष्टसँग दुई कित्तामा बाँडिएको देखिएको छ । चैत ५ गतेका लागि बोलाइएको कार्यकारिणी समितिको बैठक स्थगित गरेर त्यसैदिन साँझ जसपामा आबद्ध पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरूको भेला इन्द्रेणी फुडल्याण्डमा बसेको थियो । भेलाले प्रधानमन्त्री ओलीलाई नै समर्थन गरेर जाने निष्कर्ष समेत निकालेको थियो ।

उनीहरुले, प्रधानमन्त्री ओलीले पार्टीका तर्फबाट राखिएका माग पूरा गर्ने प्रतिबद्धता राखिरहँदा आफ्नै पार्टीका केही नेताहरु भने माओवादी केन्द्रसँग उधारोमा सहमति गर्ने तयारीमा रहेको भन्दै त्यसमा आपत्ति समेत जनाएका थिए । ईन्द्रेणी फुडल्याण्डमा जसपा आबद्ध पूर्व राजपाका नेताहरुको बैठक बसिरहँदा जसपाकै अर्को खेमा पूर्व संघीय समाजवादीका नेताहरुको समेत सोहीदिन साँझ अलग्गै गुट बैठक बसेको थियो ।

संघीय समाजवादीहरुको बालकुमारीमा बसेको बिहीबार साँझको बैठकले भने ओली ईतरको समीकरण बनाएर सरकारमा जानुपर्ने आफ्नो पूर्व अडानलाई नै निरन्तरता दिने निर्णय लिनुले सत्ताको भागदौडमा जसपा भित्रै विभाजनको अर्को धर्सो कोरिएको आशंकाले पछिल्लो पटक नेपाली राजनीतिमा बल पाउँदै गएको हो ।



Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);