जसपा अध्यक्ष यादव भन्छन्- आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जसपा अध्यक्ष यादव भन्छन्- आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताए ।

‘सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउँछ, यो बिषयमा दुई चार दिनभित्र पार्टीको बैठक बसेर छलफल गर्छौं । सत्ता गठबन्धलाई चुनावसम्मै निरन्तरता दिने नदिनेबारे गठबन्धनमा आबद्ध पार्टीहरूले बेग्लाबेग्लै छलफल गरेर मात्रै सत्ता गठबन्धनले निर्णय लिने आजको गठबन्धनको बैठकमा सहमति भएको छ,’ यादवले न्युज कारखानासँग भने । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभा बैठकबाट अनुमोदन भएपछि सत्ता गठबन्धन बलियो भएको ठानिएको छ । एमसीसी कार्यान्वयनमा लैजान गठबन्धनमा आवद्ध दलहरू एकै ठाउँमा उभिने निर्णय गरेका छन् ।

तर एमसीसी प्रतिनिधिसभा बैठकबाट व्याख्यात्मक अनुमोदन गरेकोप्रति माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र खटपट भएको छ । पार्टीभित्रको खटपट हटाएर समान धारणा तय गरेपछि मात्रै सत्ता गठबन्धनलाई निरन्तरता दिने नदिनेबारे निर्णय लिने गठबन्धनले रणनीति बनाएको छ ।  

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, संसदीय दलका मुख्य सचेतक देव गुरुङ, नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेललगायतका नेताहरूले संसदबाट व्याख्यात्मक अनुमोदनसहित एमसीसी अनुमोदन भएकोप्रति असन्तुष्टि जनाएका छन् । एमसीसीको विपक्षमा रहेका कारण पार्टीभित्रै छुट्टै छलफल गरिरहेका छन् ।

असन्तुष्ट नेताहरूले पार्टीभित्र संघर्ष गर्ने कि नयाँ पार्टी खोलेर जाने भन्नेबारे छलफल गरिरहेका छन् । एकीकृत समाजवादीमा पनि सम्मानित नेता झलनाथ खनाल एमसीसीको विपक्षमा छन् । एमसीसीको कारण सत्ता गठबन्नमा आबद्ध दलहरू नै एक नभएकाले पहिला दलभित्रको तिक्तता हटाएर सत्ता गठबन्धनबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ । सत्तारुढ नेपाली कांग्रेसमा भने एमसीसीको बिषयलाई लिएर विवाद देखिएको छैन । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);