आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनले चुनावी तालमेलबारे निर्णय लिने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनले चुनावी तालमेलबारे निर्णय लिने

काठमाडौंँ । सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको चुनावमा तालमेलको लागि आ–आफ्नो दलभित्र छलफल गरेर मात्रै निर्णय लिने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । 

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका शीर्ष नेताहरुबीच भएको छलफलले यस्तो निर्णय गरेको कांग्रेस नेता तथा सत्ता गठबन्धन राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ । पौडेल बैठकमा सहभागी थिए ।  

चुनावी तालमेलबारे पहिला आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनको बैठकबाट निर्णय लिने गरी आजको बैठक सकिएको छ । आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेलाई संसद अवरोध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । 

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की , कांग्रेस नेता पौडेल , माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);