२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले चैत २६ गतेसम्म जिल्लाको चुनावी अवस्थाको रिपोर्टिङ गर्न निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको गठबन्धनले यस्तो निर्देशन दिएको हो ।

बालुवाटारमा बुधबार रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको गठबन्धनसम्वद्ध निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले चैत २६ गतेभित्रमा देशैभरबाट रिपोर्टिङ बुझाइसक्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । त्यसपछि अर्को बैठक बस्ने उनले जानकारी दिए । ‘आजको बैठकमा गठबन्धनको मोडालिटी लगायतका विषयमा केही कुराकानी भएको हो । जिल्ला समितिलाई २६ गतेभित्र विस्तृत रिपोर्ट पठाइसक्न भनेका छौं,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);