कांग्रेस केन्द्रिय समितिको बैठक १३ गते बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस केन्द्रिय समितिको बैठक १३ गते बस्दै

nepali congress party

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले बैशाख १५ गतेसम्म ४ वटा जिल्लाबाहेकका अन्य सबै जिल्लाले क्रियाशिल सदस्यता नविकरण र वितरणको काम सक्न निर्देशन दिएको छ । १५ गतेपछि सदस्यता नवीकरणको म्याद सकिने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);