कम्युनिष्टलाई आन्दोलन कमजोर पार्ने काम गरे : मुख्यमन्त्री राई | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कम्युनिष्टलाई आन्दोलन कमजोर पार्ने काम गरे : मुख्यमन्त्री राई

Sherdhan-Rai

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पार्टी भित्रकै केही नेताले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप लगाएका छन । भोजपुर काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दे मुख्यमन्त्री राईले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न पार्टीक केहि नेताहरु लागिपरेको आरोप लगाए ।

उनले बहुमतको केन्द्रीय सरकार र प्रदेशका सरकारलाई समेत पार्टीभित्रकै नेताहरुले गिराउने प्रयास गरेको तर्क गरेका छन। पार्टीको विधि विधान विपरित कसैले पनि काम गर्न नसक्ने भन्दै उनले पार्टी विपरित कार्य गरेकाले स्पष्टीकरण सोध्न बाध्य भएको बताएका छन।

सर्वोच्चको आदेशपछि माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किएकाले एमालेलाई मजबुद बनाउदै अघि बढ्नुको विकल्प नभएको मुख्यमन्त्री राईको तर्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);