प्रदेश ३ का मुख्यमन्त्रीले सीआईएसँग साँठगाँठ गरेको केशव स्थापितको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रदेश ३ का मुख्यमन्त्रीले सीआईएसँग साँठगाँठ गरेको केशव स्थापितको आरोप

काठमाडौं, २० कात्तिक । बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले सीआईएसँग साँठगाँठ गरिरहेको गम्भिर आरोप लगाएका छन् ।

स्थापितले संविधान र कानुन विपरित अराजक ढंगले मुख्यमन्त्री पौडेल चलिरहेको दावी गर्दै तिहारपछि उनीविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश राजधानी हेटाैंडाबाट अन्यत्र सर्न नदिन मुख्य मन्त्री पौडेलले आफूलाई पदबाट बर्खास्त गरेको उनको दावी छ ।

स्थापितले मुख्यमन्त्री पौडेलले प्रदेश मन्त्रीपरिषदलाई जानकारी समेत नदिई प्रदेश नीति तथा योजना आयोग गठन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । स्थापितलाई आफूमाथि दुव्र्यवहार गरेको र कार्य सम्पादनमा चित्त नबुझेको भन्दै मुख्य मन्त्री पौडेलले पदबाट बर्खास्त गरेका थिए ।

स्थापितले मुख्यमन्त्री पौडेलले आफूमाथि अनियमितता गरेको आरोप लगाएपछि मन्त्रीपरिषद बैंठकमा त्यसको प्रतिवाद गर्नु परेको स्पष्टिकरण दिएका थिए । स्थापितले आफूले अनियमितता गरेको पुष्टि गरेर देखाउन मुख्यमन्त्री पौडेललाई चुनौति दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);